रोटरी क्लब वीरगञ्जद्वारा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान


रामजी यादव
९ फागुन, वीरगञ्ज (पर्सा)

रोटरी क्लब वीरगञ्ज र रोटरी क्लब मेट्रोपोलिसको संयुक्त आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान नै जीवनदान हो” भन्ने नारासहित आयोजित कार्यक्रममा ३ महिलासहित ४९ जनाले रक्तदान गरेका छन्।

रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको जानकारी प्राप्त भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत छोटो समयमै कार्यक्रम आयोजना गरिएको मेट्रोपोलिसका अध्यक्ष संजय जोशीले बताए। कार्यक्रममा विभिन्न क्षेत्रका युवा, महिला तथा अग्रजहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले रक्तदानले कसैको ज्यान बचाउन सकिने भएकाले प्रत्येक सक्षम व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले रक्तदातालाई मानवताको सच्चा दूतको संज्ञा दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

वीरगञ्जस्थित माईस्थान पार्कमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा, नारायणी अस्पताल लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...