फागुन २१ निर्वाचन: मतपत्र भोलिसम्म सबै जिल्लामा पुग्ने

काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र नेपाली सेनाको स्कर्टिङमा जिल्लाहरूमा पठाउने कार्य तीव्र पारिएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म ७० जिल्लामा मतपत्र पुगिसकेको छ भने बाँकी जिल्लामा पनि भोलि साँझसम्म पुर्‍याइनेछ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका मतपत्रको सुरक्षा नेपाली सेनाले गरिरहेको छ। ढुवानीका क्रममा पनि सेनाले नै स्कर्टिङ गर्दै आएको छ। उपत्यकानजिकका केही जिल्ला र तराईका तीन जिल्लामा मतपत्र पुग्न बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मतपत्रबाहेक अन्य निर्वाचन सामग्री भने अधिकांश जिल्लामा पठाइसकिएको छ। ती सामग्रीको ढुवानीमा सशस्त्र प्रहरी बल नेपालले स्कर्टिङ गरिरहेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टका अनुसार ७७ वटै जिल्लामा सामग्री पुग्ने क्रममा छ।

उच्च हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र मनाङमा चिसोका कारण ढुवानी चुनौतीपूर्ण बनेको छ। आवश्यकता अनुसार हेलिकप्टरमार्फत सामग्री र जनशक्ति पठाउने विषयमा छलफल भइरहेको आयोगले जनाएको छ। चिसोका कारण सुरक्षाकर्मी र कर्मचारीमा लेक लाग्ने जोखिमबारे पनि सुरक्षा समितिको बैठकमा चर्चा भएको थियो।

तराई क्षेत्रमा होली पर्व तथा जनकपुरको माध्यमिकी परिक्रमा मेलालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल भएको आयोगले जनाएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...