गुल्मी जिल्लामा चार लाख ९९ हजार मतपत्र आइपुगे

गुल्मी जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार लाख ९९ हजार मतपत्र प्राप्त भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सूचना अधिकारी हर्क श्रीसका अनुसार मतपत्र नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याई मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षित रूपमा राखिएको छ।

निर्वाचन क्षेत्र नम्बर–१ मा दुई लाख ६९ हजार (प्रत्यक्ष १ लाख ३१ हजार, समानुपातिक १ लाख ३८ हजार) र क्षेत्र नम्बर–२ मा दुई लाख ३० हजार (प्रत्यक्ष १ लाख १५ हजार, समानुपातिक १ लाख १५ हजार) मतपत्र प्राप्त भएका छन्।

जिल्लामा दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन्, जसमा महिला १ लाख १५ हजार २१०, पुरुष १ लाख १४ हजार ३३७ र अन्य दुई जना छन्। जिल्लाभर १४५ मतदानस्थल र २८४ मतदान केन्द्र निर्धारण गरिएको छ भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्र रहनेछ।

निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...