
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुस्थित एक होटलमा बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार गरेको छ।
महानगरपालिका–१२ मा रहेको होटलमा बन्धक बनाई कुटपिट गरिएका पूर्णबहादुर बोहरालाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मुक्त गराएको हो।

घटनामा संलग्न रहेको आरोपमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र होटल सञ्चालक शिवबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।


