ऋषि धमलाको प्रतिबद्धता पत्र सार्वजनिक, रौतहट–४ मा “हरघर मिले रोजगार” मुख्य नारा

आम जनता पार्टीका तर्फबाट रौतहट जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार ऋषि धमलाले आफ्नो निर्वाचन क्षेत्रका लागि विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। “हरघर मिले रोजगार” मूल नारासहित उनले समग्र विकासको खाका अघि सारेका हुन्।

तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय धमलाले “रौतहट–४ को उन्नति र प्रगति नै मेरो सपना” उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र खेलकुदलाई प्राथमिकतामा राखेका छन्। गरिबीका कारण कुनै विद्यार्थीले पढाइ छोड्न नपरोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई विशेष सहुलियत उपलब्ध गराउने योजना उनले प्रस्तुत गरेका छन्। मुस्लिम विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाइएको छ।

कृषि क्षेत्र सुदृढीकरणतर्फ उनले जिल्लाका चिनी उद्योगसँग समन्वय गरी उखु किसानलाई उचित मूल्य सुनिश्चित गर्ने, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने तथा सिँचाइ आयोजनालाई पूर्णता दिने कार्यक्रम अघि सारेका छन्। साथै, ‘एक घर, एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने र रौतहटमै स्तरीय अस्पताल स्थापना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण–प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विस्तार गर्ने, साथै महिला फुटबलका लागि परिचित रौतहटमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

उम्मेदवार धमलाले प्रतिबद्धता पत्रमार्फत क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै मतदातासँग समर्थनको अपिल गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...