तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार लौडारी कांग्रेस प्रवेश, गोविन्द भट्टराईलाई समर्थन

दमौली: तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र भइरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन्।

आइतबार साँझ दमौलीमा आयोजित विशेष कार्यक्रममा लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्।

कार्यक्रममा बोल्दै लौडारीले कुनै पनि प्रकारको अवसरवादभन्दा माथि उठेर इमानदार र सक्षम नेतृत्वलाई साथ दिनु आजको आवश्यकता भएको महसुस गर्दै आफू कांग्रेसमा आबद्ध भएको बताए। उनले मुलुकमा सकारात्मक परिवर्तनका लागि स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई समर्थन गर्नु आफ्नो जिम्मेवारी ठानेको उल्लेख गरे।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै कांग्रेस उम्मेदवार गोविन्द भट्टराई ले आफू नेपाल विद्यार्थी संघ को केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गरे। उनले सधैँ युवा पुस्ताको भावना बुझ्दै उनीहरूको प्रतिनिधित्व गर्ने प्रयास गरेको दाबी गरे।

भट्टराईले वर्तमान सभापति गगनकुमार थापा युवा अवस्थामै नेतृत्वमा आउँदा आफूले नेविसंघको टिकट दिएर अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै युवालाई नेतृत्वमा स्थापित गर्न आफ्नो सधैँ महत्वपूर्ण भूमिका रहने बताए।

आफू युवा अवस्थादेखि नै भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहेको बताउँदै भट्टराईले नयाँ पुस्ताको मुख्य माग सुशासन, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको धारणा राखे। ती विषयलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...