
फागुन २१ गते निर्वाचन नहुने दाबी गर्ने ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई चन्द्रागिरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ उनलाई पक्राउ गरी परिसरमा बुझाएको हो। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका छन्।
प्रहरीका अनुसार ज्योतिष अधिकारीले ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए।


