
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बडनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी रोकी उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले गाडीभित्र केही शंकास्पद सामग्री बरामद भएको जनाएको छ। घटनापछि सुरक्षा सतर्कता बढाउँदै उक्त क्षेत्रलाई अस्थायी रूपमा घेराबन्दी गरिएको थियो।

घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।
यसअघि सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पनि मौन अवधिमा नगदसहित पक्राउ परेका थिए। निर्वाचन नजिकिँदै गर्दा विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।