खोटाङबाट श्रम संस्कृति पार्टीका महासचिव आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई निर्वाचित भएका छन्। उनले **नेपाल कम्युनिस्ट पार्टी (एमाले)**का उम्मेदवार देवबिक्रम राईलाई ३,८९८ मतान्तरले पराजित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आरेन राईले १६,६१२ मत प्राप्त गर्दा देवबिक्रम राईले १२,७१४ मत पाए। केपिलासगढी गाउँपालिका–१, फेदीस्थित सुङ्देका आरेन राईले नवोदित श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिँदै पुराना दलका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

यसैगरी नेपाली कांग्रेसका वीरकाजी राईले ११,९५७, **नेपाल कम्युनिस्ट पार्टी (नेकपा)**का डा. हरि रोकाले ९,४४३, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ९४७ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये **जनता समाजवादी पार्टी (जसपा)**का राकेश राईले ३३७, **राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)**का दीपक तामाङले ४७७, **नेकपा (माओवादी)**का चन्द्रबहादुर बुढाथोकीले १८२, **जसपा (नेपाल)**का सुनिल चाम्लिङले १११, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार डा. राजकुमार राईले २६ र तीलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन्।

प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १,४७,१२० मतदातामध्ये ६२,५६६ मत खसेको थियो। प्रत्यक्षतर्फ खसेको मतमध्ये ३,९२८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिएका छन्।

प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै समानुपातिकतर्फको मतगणना सुरु गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...