
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको विषयमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन बुझेकी छन्। आयोग प्रमुख कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै सीमित स्रोत–साधनका बाबजुद आयोगले सत्यतथ्य बाहिर ल्याएको विश्वास व्यक्त गरिन्।
सुरक्षा र गोपनीयताका कारण प्रतिवेदनको पूर्णपाठ सार्वजनिक नगर्ने संकेत गर्दै उनले प्रतिवेदनको निचोड भने सार्वजनिक गरिने बताइन्।