ललितपुर–२ मा जगदीश खरेलको शानदार जित, खरेलले भने : यो समग्र ललितपुरको जित हो

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेलले ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्।

विजयपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले यो जित ललितपुर–२ को मात्र नभई समग्र ललितपुर र देशकै जित भएको बताएका छन्।

खरेलले भने, “सम्पूर्ण जनताप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यो जित ललितपुर क्षेत्र नम्बर–२ को मात्र होइन, समग्र ललितपुरको जित हो। हामीले यसलाई देश र जनताको जितका रूपमा लिएका छौँ, पार्टीको मात्र जितका रूपमा होइन।”

उनले अब देश निर्माण र विकासको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। खरेलले पार्टी सभापति रवि लामिछाने तथा वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएका बालेन शाहको नेतृत्वमा देशलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउने अभियान जारी रहने बताए।

उनले भने, “अब हामीले देश बनाउनुपर्छ। यो अभियानमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनतालाई विकास र समृद्धिको बाटोमा अघि बढाउनेछौँ। यसमा साथ दिनु भएकोमा सबैलाई धन्यवाद।”

उनले निर्वाचनमा साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति पुनः धन्यवाद व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...