प्लानिङ ब्वाइजसँग एपिएफको बराबरी

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ एफसीले प्लानिङ ब्वाइज युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ।

खेलको २२औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाएका थिए। तर, ६२औँ मिनेटमा एलेक्स विलियनले गोल गर्दै प्लानिङ ब्वाइजलाई १–१ को बराबरीमा पुर्‍याए।

यो नतिजासँगै एपिएफले ९ खेलबाट २१ अंक जोडेको छ। प्लानिङ ब्वाइज १९ अंकसहित दोस्रो स्थानमा रहेको छ। लिगमा एपिएफको लगातार दोस्रो तथा प्लानिङ ब्वाइजको लगातार तेस्रो बराबरी हो।

लिगमा अपराजित रहेका लालिगुराँस र मच्छिन्द्र एफसीको पनि समान १९ अंक नै रहेको छ। गोलअन्तरका आधारमा प्लानिङ ब्वाइज दोस्रो स्थानमा रहेको हो।

यसैबीच, अर्को खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ। फ्रेन्ड्सका लागि मिडफिल्डर प्रशान्त लक्समले एक गोल गरे भने अर्को गोल आत्मघाती रह्यो। निर्धारित समयको अन्तिम मिनेटमा विवश चौधरीले आफ्नै पोस्टमा गोल गरेपछि फ्रेन्ड्सले अग्रता दोब्बर बनाएको थियो।

श्री भगवतीलाई हराउनुअघि फ्रेन्ड्स क्लबले लगातार सात खेलसम्म जित निकाल्न सकेको थिएन। यस जितसँगै ९ खेलमा ९ अंक जोड्दै फ्रेन्ड्स क्लब १०औँ स्थानमा उक्लिएको छ। ८ अंक जोडेको श्री भगवती क्लब भने १३औँ स्थानमा झरेको छ। ⚽

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...