जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना पनि दिएका छन्।

उहाँले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन्।

घिसिङले लामो स्टाटसमा देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना पनि गरेका छन्।

उनको भनाइ अनुसार, एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकिरहेको छ। “हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,” घिसिङले लेखेका छन्। उनले थपे, “यही कारण बजेट खर्च हुन सकेको छैन र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ।”

काम र परिणाम दिने प्रतिबद्धतासहित आफ्नो पार्टी चुनावमा होमिएको उल्लेख गर्दै उनले विगतमा गरेका कामहरूको फेहरिस्त पनि प्रस्तुत गरेका छन्।

  • १८ घण्टा लामो लोडसेडिङको अन्त्य
  • ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण
  • नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्ता बनाउनु

घिसिङले भने, “हामीले लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ।”

यसका साथै, विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउनु, मेलम्ची खानेपानी सुचारु गर्नु, तातोपानी नाका खोल्नु, र अलपत्र आयोजनाका ठेक्का तोड्नु जस्ता उपलब्धि उनले दाबी गरेका छन्।

विषम परिस्थितिका बीच चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिँदै घिसिङले छोटो समयमै जनताले दिएको माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्।

निर्वाचनको परिणामबाट आफू निराश नभएको भन्दै उनले ‘उज्यालो नेपाल निर्माण’ को अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी आन्दोलनपछि आएको यो चुनावलाई उनले केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई भ्रष्टाचार र अकर्मण्यताविरुद्धको परिवर्तनको अवसर का रूपमा अर्थ्याएका छन्।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...