
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ स्थित पशु बजारबाट सशस्त्र प्रहरी बलको टोलीले २१८ किलो गाँजासहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्रयाक्टरमा परालले छोपेर ल्याइँदै गरेको २२ वटा पोकामा रहेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले बरामद गरेको हो।

गाँजा ल्याउने व्यक्ति तथा ट्रयाक्टर चालक गस्तीमा रहेका सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्रयाक्टर र गाँजा सोही स्थानमा छाडेर फरार भएका थिए।
बरामद गाँजा र ट्रयाक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।


