कर्णाली र सुदूरपश्चिमलाई आयुर्वेदको केन्द्र बनाउने स्वास्थ्य मन्त्रीको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आयुर्वेदिक औषधिको अनुसन्धान तथा उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको सदुपयोग गर्दै आयुर्वेद औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको दीर्घकालीन योजना रहेको उनले स्पष्ट पारिन्। फार्मा एक्स्पोमा उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले एलोपेथिक (आधुनिक) औषधिको उत्पादन मध्य र पूर्वी नेपालमा केन्द्रित भएकाले अब आयुर्वेदिक क्षेत्रलाई पश्चिमतर्फ विस्तार गर्न आवश्यक रहेको बताइन्।

उनका अनुसार यसले देशको सन्तुलित विकासमा टेवा पुर्‍याउने र आवश्यक पर्ने विभिन्न प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सम्भव हुनेछ।

हालै जुम्ला भ्रमणबाट फर्किएकी मन्त्री गौतमले हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान र उपयोग बढाउनुपर्नेमा जोड दिँदै जुम्लास्थित मेडिकल कलेज तथा अनुसन्धान संस्थाहरूमा आयुर्वेदिक अध्ययनलाई थप सक्रिय बनाउनुपर्ने धारणा राखिन्।

नेपालमा आयुर्वेद, भेटेरिनरी तथा श्रृङ्गार प्रसाधन उद्योगको पनि राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले उद्योगीहरूलाई अनुसन्धानमा लगानी बढाउन र स्थानीय कच्चा पदार्थको अधिकतम प्रयोग गर्न आग्रह गरिन्। मन्त्री गौतमले सबै क्षेत्रको सहकार्य भएमा नेपाल औषधि र जडीबुटीको क्षेत्रमा विश्वमै चिनिन सक्ने विश्वास व्यक्त गरिन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...