टोखा–८ मा करिडोर विस्तार तीव्र, ९५ प्रतिशत काम सम्पन्न : नगर प्रमुख प्रकाश अधिकारीद्वारा स्थलगत अनुगमन

 

आज २०८२ साल फागुन ३० गते

टोखा नगरपालिका को नगर प्रमुख प्रकाश अधिकारी ज्यु ले बिहान देखि स्थलगत अनुगमन गर्दै करिडोर विस्तारको प्रगति निरीक्षण गरेका छन्। अनुगमन टोलीले बानियाँटार पुल देखि रमणबस्ती हुँदै शान्तिबस्ती सम्म करिडोरको अवस्था, सडक विस्तार, स्थानीयको समस्या तथा सुझावबारे जानकारी लिइएको थियो।

अनुगमनका क्रममा नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै करिडोर विस्तारले दैनिक आवागमन, सडक व्यवस्थापन तथा शहरी विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले विकास निर्माणका कामहरूलाई तीव्र र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीयवासीको सहकार्य र सुझावलाई नगरपालिकाले उच्च प्राथमिकता दिने उल्लेख गरे।

   

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष रमेश खत्री, वडा सदस्य अनुप राई, वडा नम्बर ११ का सदस्य महेश थपलिया लगायत जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले करिडोर विस्तारका कारण सडक चौडा हुने, यातायात सहज बन्ने र भविष्यमा व्यवस्थित शहरी विकासका लागि आधार तयार हुने अपेक्षा व्यक्त गरेका छन्। अनुगमन टोलीले करिडोर क्षेत्रमा बाँकी रहेका साना अवरोध तथा संरचनात्मक समस्याहरूलाई छिट्टै समाधान गरी कामलाई पूर्णता दिने विषयमा समेत छलफल गरेको थियो।

टोखा नगरपालिका क्षेत्रमा पछिल्लो समय सडक, करिडोर तथा शहरी पूर्वाधार विस्तारका कामहरूलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विकास निर्माणका गतिविधि तीव्र बनाइरहेको छ। नगर प्रमुख अधिकारीका अनुसार आगामी दिनमा पनि स्थानीयको सहभागिता र सहकार्यमा यस्ता विकास कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।

  

यस स्थलगत अनुगमनले करिडोर विस्तार कार्यलाई अझ व्यवस्थित र द्रुत रूपमा सम्पन्न गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा भइरहेका विकासका गतिविधि प्रत्यक्ष रूपमा अवलोकन गर्दै जनप्रतिनिधिहरूले नागरिकका समस्या र सुझावलाई सम्बोधन गर्ने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...