रास्वपाः सरकार गठनमा अझै करिब १० दिन लाग्ने, मन्त्रीको नामबारे औपचारिक छलफल छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरूको नामबारे हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेको छ।

पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यमसँग कुरा गर्दै अहिले विभिन्न माध्यममा सार्वजनिक भइरहेका सम्भावित मन्त्रीका नामहरूमा सत्यता नभएको बताएका हुन्। उनले पार्टीको सचिवालय बैठक सुरु हुनुअघि यस्तो प्रतिक्रिया दिएका थिए।

उनका अनुसार समानुपातिकतर्फका सांसदहरूको टुंगो लागेर निर्वाचन आयोग बाट प्रमाणपत्र प्राप्त भएपछि मात्रै मन्त्री चयनबारे औपचारिक छलफल सुरु हुनेछ।

झाले भने, “अनौपचारिक कुराकानीहरू हुन सक्छन्, तर पार्टीको तहमा भावी मन्त्रिपरिषद् गठनका विषयमा कुनै औपचारिक छलफल भएको छैन। सबै प्रक्रिया पूरा भएपछि नयाँ सरकार गठन गर्न अझै करिब १० दिनजति लाग्न सक्छ।”

उनले आफू पुनः निर्वाचित सांसदमध्ये एक भएकाले स्वाभाविक रूपमा केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताए। उनका अनुसार अहिले आफूले कुनै मन्त्रालयको दाबी गर्नु राजनीतिक तथा व्यवहारिक दुवै हिसाबले उचित नहुने ठानेको बताएका छन्।

“मेरो चाहना भनेको नेताहरूको स्वास्थ्य शीघ्र सुधार होस् भन्ने मात्र हो। अहिले सबै प्रक्रिया चाँडै टुंग्याएर सरकार गठनको बाटो खुलोस् भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,” उनले भने।

चुनावी अभियानका क्रममा भने झाले आफूलाई सम्भावित सञ्चारमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...