कोटेश्वरमा डेरावाल विद्यार्थीनीमाथि बलात्कार प्रयासको मुद्दा, घरबेटीको दाबी– “केटा नल्याउ भनेपछि झुटो आरोप लगाइन्”

काठमाडौंको कोटेश्वरमा अध्ययनका लागि डेरामा बस्दै आएकी एक युवतीमाथि घरबेटीले जबरजस्ती करणीको प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकील कार्यालयले कोटेश्वर निवासी ६८ वर्षीय रघुनाथ खड्का विरुद्ध ‘जबरजस्ती करणीको उद्योग’ गरेको आरोपमा मुद्दा दायर गरेको हो।

अदालतमा दायर अभियोगपत्रमा पीडित युवतीले आफूमाथि भएको दुर्व्यवहारको विस्तृत विवरण दिएकी छन्। तर, आरोपी घरबेटी खड्काले भने आफू निर्दोष रहेको दाबी गर्दै घटना भएको समयमा आफू त्यहाँ नभएको बयान दिएका छन्।

कपडा सुकाउन जाँदा बाटो छेकेको आरोप

पीडित युवती विगत करिब डेढ वर्षदेखि रघुनाथ खड्काको घरको दोस्रो तलामा भाडामा बस्दै आएकी थिइन्। अभियोगपत्रअनुसार घटना २०८२ साल फागुन १४ गते दिउँसो करिब ४ बजेतिर भएको हो।

युवतीका अनुसार उनले कपडा धोएर कौशीमा सुकाएकी थिइन्। पानी पर्न थालेपछि कपडा लिन जाँदा घरबेटीले तेस्रो तलाको बरन्डामा सुकाउन सुझाव दिएका थिए।

उनले बयानमा भनेकी छन्,
“कपडा सुकाएर आफ्नो कोठातर्फ झर्दै गर्दा रघुनाथ खड्काले बाटो छेके। अचानक उहाँले मेरो संवेदनशील अंग समात्नुभयो, गालामा चुम्बन गर्नुभयो र जबरजस्ती करणी गर्ने प्रयास गर्नुभयो। म चिच्याउन थालेपछि उहाँले छाड्नुभयो र म त्यहाँबाट भागेर ज्यान जोगाएँ।”

युवतीका अनुसार यसअघि पनि माघ १२ गते न्यूरोडस्थित एक लाउन्जमा बोलाएर खड्काले मदिरा खुवाउने र अनुचित व्यवहार गर्ने प्रयास गरेका थिए।

आरोपीको दाबी– “घटना भएको दिन विवाहमा थिएँ”

६८ वर्षीय आरोपी रघुनाथ खड्काले भने प्रहरी र अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको बताएका छन्।

उनका अनुसार उनी मुटुको गम्भीर रोगबाट पीडित छन्। श्रीमतीको निधन भइसकेको र छोरा–बुहारी अष्ट्रेलियामा बस्ने भएकाले आफू घरमा एक्लै बस्दै आएका छन्।

उनले बयानमा भनेका छन्,
“मेरो घरमा ८ वटा कोठा भाडामा छन्। ती युवती डेढ वर्षदेखि बस्दै आएकी थिइन्। उनी बेलाबेलामा कोठामा केटाहरू ल्याउने गर्थिन्। मैले केटा नल्याउन भनेपछि उनी मसँग रिसाएकी थिइन्।”

खड्काका अनुसार फागुन १२ गते यही विषयमा विवाद भएको थियो र युवतीले आफूलाई फसाउने धम्कीसमेत दिएको दाबी गरेका छन्।

उनले घटना भएको भनिएको दिन फागुन १४ गते बिहानैदेखि आफन्तको विवाहमा गएको र राति करिब ११ बजे मात्र घर फर्किएको बताएका छन्। साथै मुटुको अप्रेसन भएको र सुगर–प्रेसरको बिरामी भएकाले आफूबाट यस्तो काम हुन नसक्ने जिकिर गरेका छन्।

साक्षीको बयान– “युवती रोइरहेकी थिइन्”

मुद्दामा समेटिएका केही साक्षीहरूको बयानले भने पीडित युवतीको दाबीलाई समर्थन गरेको देखिन्छ।

युवतीका बुबा–आमाका अनुसार घटनाको दिन छोरीले रुँदै फोन गरेर घरबेटीले दुर्व्यवहार गरेको र आफू कोठाभित्र चुकुल लगाएर बसेको जानकारी दिएकी थिइन्।

युवतीका साथी रामबहादुर पाण्डेले पनि युवतीका बुबाको फोनपछि आफू कोटेश्वरस्थित डेरामा पुगेको र युवती अत्यन्त डराएको तथा रोइरहेको अवस्थामा भेटिएको बताएका छन्।

अर्का साक्षी पुष्पबहादुर बुढाथोकीले पनि युवती निकै विचलित अवस्थामा रहेको र घरबेटीले प्रहरीमा नजान आग्रह गर्दै माफी मागेको कुरा सुनेको बयान दिएका छन्।

कानुनी व्यवस्था

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) अनुसार ‘जबरजस्ती करणीको उद्योग’ गरेको कसुरमा खड्काविरुद्ध मुद्दा चलाएको हो।

कसुर पुष्टि भएमा उनलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ। साथै पीडितलाई पुगेको मानसिक तथा शारीरिक क्षतिको आधारमा क्षतिपूर्ति भराउन पनि अदालतसमक्ष माग गरिएको छ।

आरोपी ६८ वर्षको जेष्ठ नागरिक भएकाले कानुनअनुसार केही सहुलियत हुनसक्ने भए पनि दोषी ठहर भएमा जेल सजाय भोग्नुपर्ने हुन्छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...