
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा China CAMC Engineering Co., Ltd.सँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार न्यायाधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। कम्पनीका प्रतिनिधि रविन रिजाल अदालतमा उपस्थित भई बयान दिएपछि थुनछेक आदेश जारी गरिएको थियो।
यस मुद्दामा विशेष अदालतले अधिकांश अन्य प्रतिवादीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ।
पोखरा विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनीसँगको मिलेमतोमा लागत अनुमान बढाएर भ्रष्टाचार गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।