हावाहुरी र वर्षाले सर्लाहीमा मकै बालीमा क्षति

सर्लाहीसहित मधेश प्रदेशमा करिब पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र तीव्र हावाहुरीसहित वर्षा भएको छ।

यहाँ कात्तिकयता पानी नपरेको अवस्थामा शुक्रबार बेलुकी वर्षा भएको हो। यसअघि गएको सोमबार पनि मधेशका विभिन्न स्थानमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो।

एक हप्तामै दुई पटक तीव्र हावाहुरी चल्दा भर्खरै घोगा लागेको हाइब्रिड मकै बालीमा व्यापक क्षति पुगेको किसानहरूले बताएका छन्। राम्रो आम्दानी हुने आशामा किसानहरूले बीउबिजन, मल, किटनाशक औषधि तथा श्रममा लगानी गरेका थिए।

लालबन्दी नगरपालिका–४ हरिभवनका किसान केदार कार्कीका अनुसार यस वर्ष मकै खेती बढेका बेला हप्ताभित्रै दुई पटक आएको हावाहुरीले मकैका बोट ढालेको छ। शुक्रबार साँझको हावाहुरीले कर्मैया, हरिवन, लालबन्दी, जब्दी, हरिभवन, हरिपुर, जियाजोर, रानिगन्ज, परवानिपुर र घारिबथानलगायत क्षेत्रका मकै बालीमा बढी क्षति पुर्‍याएको छ।

बागमती नगरपालिका–३ जिरायतका नवराज अधिकारीले भने सोमबारको तुलनामा शुक्रबारको हावाहुरीले केही कम क्षति गरेको बताउनुभयो। हावाहुरीसँगै असिना पर्ला कि भन्ने चिन्तामा किसानहरू रहेका थिए।

चुरे क्षेत्रका केही भागमा असिना परे पनि व्यावसायिक रूपमा मकै खेती हुने क्षेत्रमा असिना नपरेको किसानहरूले बताएका छन्। बरहथवा नगरपालिका–१ हजरियाका किसान रत्नबहादुर गिरीले असिना नपरेकाले मकै जोगिएको उल्लेख गर्नुभयो। यद्यपि, हावाहुरीले केही ठाउँमा मकै ढालेको उहाँको भनाइ छ।

हावाहुरीका कारण आँप र लिचीका फूल तथा चिचिला पनि झरेका छन्। तर हाल परेको पानीले अन्य बालीमा भने सकारात्मक प्रभाव पारेको बरहथवा नगरपालिका–५ हात्तीडाँडाका किसान रामकरण महतोले जानकारी दिनुभयो।

हावाहुरीले जिल्लाका केही स्थानमा कच्ची घरहरूमा सामान्य क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। साथै, वर्षाका कारण काँचो इँटामा समेत क्षति पुगेको भट्टा सञ्चालकहरूले जनाएका छन्। क्षतिको विवरण संकलन भइरहेको इँटा व्यवसायी संघले जनाएको छ।

हावाहुरी र चट्याङका कारण शुक्रबार साँझ अवरुद्ध भएको विद्युत् सेवा अधिकांश स्थानमा रातिदेखि नै पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण का लालबन्दी, बरहथवा र मलङ्गवा वितरण केन्द्रले जनाएका छन्। पोल ढलेका र तार चुँडिएका स्थानमा सेवा सुचारु गर्न शनिबार बिहानैदेखि प्राविधिक खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईका अनुसार हावाहुरीबाट ठूलो मानवीय वा भौतिक क्षतिको विवरण शनिबार बिहानसम्म प्राप्त भएको छैन।

सर्लाहीमा शनिबार बिहानदेखि मौसम धुम्मिएको छ र पुनः वर्षा हुने संकेत देखिएको छ। शुक्रबार राति मध्यरातसम्म मेघगर्जन जारी रहेको थियो।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...