मोरङमा बर्ड फ्लु पुष्टि, नियन्त्रणका उपाय कडा

पशु सेवा विभागले नेपालमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जनाएको छ। विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण देखिएको हो।

पशु सेवा विभाग का अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल नियन्त्रणका उपायहरू लागू गरिएको छ।

संक्रमित क्षेत्रमा कुखुरा तथा कुखुराजन्य पदार्थ नष्ट गर्ने, आवतजावतमा कडाइ गर्ने र संक्रमण फैलिन नदिन विभिन्न सतर्कता अपनाइएको छ। कुखुरा फार्महरूमा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाइएको छ भने प्रवेश गर्दा अनिवार्य रूपमा जीवाणुनाशक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने र प्रयोग भएका सामग्री पुनः प्रयोग नगर्नुपर्ने मापदण्ड लागू गरिएको छ।

यस्तै, कुखुरा राख्ने स्थानको नियमित सरसफाइ, बाहिरबाट आउने सवारी साधनमा नियन्त्रण, अन्य जनावरको प्रवेशमा रोक तथा मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ।

विभागले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने बताउँदै कुनै स्थानमा असामान्य रूपमा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन सबैमा अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...