नेपालमा टोयोटा गाडीको बिक्री उकालोमा, ६ महिनामै १८ करोडभन्दा बढी खुद नाफा

नेपालमा Toyota गाडीको बिक्री बर्सेनी बढ्दै गएको छ। नेपालका लागि टोयोटा ब्रान्डको आधिकारिक बिक्रेता United Traders Syndicate ले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सो अवधिमा ३ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ। गत आर्थिक वर्ष (सन् २०२५) मा कम्पनीले ५ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२४ मा ३ अर्ब २४ करोड रुपैयाँको व्यापार भएको थियो। व्यापारमा निरन्तर वृद्धि देखिएकाले चालु वर्षमा पनि उच्च वृद्धि हुने अपेक्षा गरिएको छ।

प्यासेन्जर तथा कमर्सियल दुवै प्रकारका सवारी साधनको माग बढ्दा कम्पनीको व्यापार विस्तार भएको हो। गत आर्थिक वर्षमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

कम्पनीको कुल ऋण गत वर्ष १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ रहेको थियो। ऋणका बाबजुद पनि व्यापार विस्तार सकारात्मक रहेको र बाह्य ऋणमा सीमित निर्भरता रहेको मूल्याङ्कन गरिएको छ।

सन् १९७१ मा स्थापना भएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले सन् १९६७ देखि नै टोयोटा ब्रान्डका सवारी साधन, स्पेयर पार्ट्स तथा सेवा उपलब्ध गराउँदै आएको छ। हाल कम्पनीका देशभर १० प्रमुख सहर—काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापामा डिलर सञ्जाल रहेको छ।

त्यसैगरी, कम्पनीका तीन वटा आफ्नै शोरुम रहेका छन्, जसमा एउटा सवारी साधनका लागि र दुई वटा स्पेयर पार्ट्सका लागि सञ्चालनमा छन्।

कम्पनीमा Suraj Vaidya को ५० प्रतिशत, रितुसिंह वैद्यको ३० प्रतिशत, सुर्यान्स वैद्यको १० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...