
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई हार्दिक बधाई दिएका छन्।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहणपछि लामिछानेले प्रधानमन्त्री शाहलाई अँगालो हाल्दै बधाई व्यक्त गरेका हुन्।
यसैगरी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराई ले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका छन्।