
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै अघि सारेको बताएका छन्।
आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा पनि यस विषयमा आवाज उठाएको उल्लेख गरे। ‘हामीले पहिले नै उठाएको विषय हो। मैले संसदमा पनि यसबारे बोलेको छु। पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कुनै राजनीतिक पूर्वाग्रह नराखी निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्नेमा जोड दिए। उनले स्वतन्त्र र पारदर्शी ढंगले छानबिन हुनुपर्ने बताएका छन्।