
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले असारभित्र २९ लाख नागरिकलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिने घोषणा गरेका छन्। मन्त्रालयको सामाजिक सञ्जालमार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो।
मन्त्री तिमिल्सिनाका अनुसार हालसम्म लाइसेन्स परीक्षा पास गरी छपाइ कपी लिन बाँकी रहेका २९ लाख सेवाग्राहीलाई २४ घण्टाभित्र नयाँ लाइसेन्स उपलब्ध गराउने गरी सिस्टम विकास गरिएको छ।
मन्त्रालयको सूचनाअनुसार सुरक्षण मुद्रण केन्द्रले उक्त काम सम्पन्न गर्नेछ र यातायात व्यवस्था विभागले प्रदान गर्ने डाटाको आधारमा २४ घण्टाभित्र लाइसेन्स छापिनेछ।