गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन गर्न माग

देवदह (रुपन्देही), चैत २४ — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सरकारसँग माग गरेका छन्। सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा उनीहरूले सङ्घीय सरकारसँग यस्तो आग्रह गरेका हुन्।

समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले अर्बौं रुपैयाँ लगानीमा निर्माण भएको उक्त विमानस्थल छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भगवान् गौतमबुद्धको नामबाट निर्माण गरिएको विमानस्थल सञ्चालनमा आए देशको आर्थिक गतिविधि थप गतिशील हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार लुम्बिनीको विकासले समग्र मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। “विमानस्थल नियमित सञ्चालनमा आए भैरहवामात्र होइन, समग्र देशकै विकासमा टेवा पुग्छ र पर्यटकको आवागमनसमेत वृद्धि हुन्छ,” उहाँले भन्नुभयो। साथै, उहाँले विमानस्थल सञ्चालनमा ढिलाइ गर्न नहुनेमा पनि जोड दिनुभयो।

नगर प्रवक्ता मुक्तिनाथ यादवले विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका उद्योगी–व्यवसायीहरू गम्भीर समस्यामा परेको उल्लेख गर्नुभयो। उहाँले आवश्यक पहल गरी विमानस्थल सञ्चालनमा ल्याउन वर्तमान सरकारसँग माग गर्नुभयो। साथै, सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्षसमेत रहनुभएका यादवले स्थानीय सरकारको तर्फबाट पनि यस विषयमा पहल जारी रहने बताउनुभयो।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...