
सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एक पदमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिपछि पनि एक जना डेपुटी गभर्नरको पद भने अझै खाली नै रहेको छ।
यसअघि डेपुटी गभर्नर डा. नीलम ढुंगाना र बमबहादुर मिश्रको पदावधि समाप्त भएपछि करिब एक महिनादेखि उक्त पदहरू रिक्त रहँदै आएका थिए।