
काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले काभ्रेको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको उल्लेख गर्दै उनले यसको नियन्त्रणमा लापरबाही भएकोप्रति चिन्ता व्यक्त गरे। साथै, विगतमा राजनीतिक मिलेमतोमा अवैध रूपमा सञ्चालन हुँदै आएका यस्ता गतिविधि अब कडाइका साथ रोक्ने बताए।