ईशान अस्पतालमा विश्व बाल शल्यचिकित्सा दिवस मनाइयो

काठमाडौँ — ईशान बाल तथा महिला अस्पतालले विश्व बाल शल्यचिकित्सा दिवस (पेडियाट्रिक सर्जरी डे) मनाएको छ। टोखा–५ धापासीस्थित अस्पतालमा मंगलबार उक्त दिवस विविध कार्यक्रमसहित मनाइएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामनन्दन प्रसाद चौधरीका अनुसार कार्यक्रममा बाल शल्यचिकित्सासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। बालबालिकाको शल्यक्रिया गर्दा चिकित्सक अन्तर्राष्ट्रिय स्तरबारे जानकार हुनुपर्ने, अस्पताल पनि सोही स्तरको हुनुपर्ने र शल्यक्रिया अनिवार्य रूपमा बाल शल्यचिकित्सकबाटै गरिनुपर्ने विषयमा जोड दिइएको थियो।

छलफलमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो। यस्ता जनचेतनामूलक कार्यक्रमले अभिभावकलाई बालबालिकाको स्वास्थ्यसम्बन्धी निर्णय लिन सहज बनाउने कार्यकारी निर्देशक चौधरीले बताए।

वि.सं. २०५२ मा स्थापना भएको ईशान अस्पताल नेपालकै पहिलो गैरसरकारी बाल अस्पताल हो। अस्पतालले सुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ। यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाल, महिला तथा वयस्कका लागि मल्टिस्पेसियालिटी तथा सुपर स्पेसियालिटी सेवा उपलब्ध छन्। साथै, एमडी पेडियाट्रिक विशेषज्ञबाट नवजात तथा बालरोग, बाल शल्यचिकित्सा, महिला, प्रसूति तथा हाडजोर्नीसम्बन्धी सेवा प्रदान हुँदै आएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...