
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज शुक्रबार बिहान ११:०० बजे बस्ने तय भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयहरूमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने ले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्य ले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।