
काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा महिला मन्त्रीको संख्या ६ पुगेको छ।
गत चैत १३ गते गठन भएको नयाँ सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहेता नियुक्त भएका थिए।
आजै प्रधानमन्त्रीको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छन्।
नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। हाल सरकारमा ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व रहेको छ।