नक्कली नम्बर प्लेटमा सवारी सञ्चालन : चार गाडी नियन्त्रणमा, सीमावर्ती नेटवर्कमाथि शंका

इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत देखिएको छ। इटहरी क्षेत्रमा प्रहरीले चार वटा सवारी नियन्त्रणमा लिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानका क्रममा ती सवारी विभिन्न स्थानबाट फेला परेका हुन्।

विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमै ती सवारीमा आवश्यक कागजात अभावसँगै नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरिएको पुष्टि भएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

प्रहरीका अनुसार एउटा सवारी इटहरी चौकबाट फेला परेको हो भने अर्को लौकही क्षेत्रबाट बरामद गरिएको हो। त्यस्तै, बिर्तामोड र चन्द्रगढी क्षेत्रबाट समेत सवारी फेला परेका छन्। सबै सवारी परित्यक्त अवस्थामा भेटिएकाले चालक वा धनीको पहिचान हुन सकेको छैन।

ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार यस्ता सवारी भारतबाट अवैध रूपमा भित्र्याइएका वा चोरीका हुन सक्ने आशंका रहेको छ। नक्कली नम्बर प्लेट जडान गरेर सञ्चालन गरिनुले संगठित गिरोहको संलग्नता रहेको संकेत देखिएको उहाँको भनाइ छ।

प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती नाकाबाट सवारी तस्करी गरी नेपाल भित्र्याउने र त्यसपछि नक्कली नम्बर प्लेट प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ। यसले सवारी चोरी, कर छली तथा अन्य आपराधिक गतिविधि सहज बनाउने जोखिम बढाएको छ।

ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले भन्सारमार्फत सवारीको वास्तविक स्वामित्व, उत्पत्ति र कागजातको प्रामाणिकता जाँच गरी कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

प्रहरीले नागरिकलाई सवारी किनबेच गर्दा कागजातको यकिन गर्न तथा शंकास्पद सवारी देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...