सुदूरपश्चिमको विकासबारे सेमिनार आयोजना गर्ने सरोकार मञ्चको निर्णय

काठमाडौँ – सुदूरपश्चिमको विकासका प्रमुख चुनौती र सम्भावनाबारे छलफल गर्न सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सेमिनार आयोजना गर्ने भएको छ।

मञ्चको शनिबार काठमाडौंमा सम्पन्न कार्यसमिति बैठकले यससम्बन्धी निर्णय गरेको हो।

हालै सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रदेशको विकासका चुनौतीबारे बुँदागत रूपमा प्रस्तुति गर्न सेमिनार आयोजना गर्ने निर्णय गरिएको मञ्चका कार्यसमिति सदस्य रवि धामीले जानकारी दिए। प्रदेशका सबै सांसदलाई सहभागी गराएर कार्यक्रम गरिनेछ।

अध्यक्ष दीर्घसिंह बमको अध्यक्षतामा बसेको बैठकले सुदूरपश्चिमसँग सम्बन्धित काठमाडौंमा रहेका संघ–संस्थाहरूसँग सहकार्य र समन्वय गर्ने पनि निर्णय गरेको छ।

बैठकले मञ्चका सदस्य डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सुदूरपश्चिमको विकासमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। साथै, मञ्चको कोषाध्यक्षमा हेमा भट्टलाई मनोनयन गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...