समानुपातिक सांसदहरूसँग आज प्रधानमन्त्री बालेनको अन्तरक्रिया

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे उक्त छलफल आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार, प्रतिनिधिसभामा रहेका सबै दलका समानुपातिक सांसदहरूलाई सहभागी गराई प्रधानमन्त्री बालेनले प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको हो। यसअघि उनले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरिसकेका छन्।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष समन्वय र संवादलाई सुदृढ बनाउँदै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रियामा सहभागी सांसदहरूले आफ्नो–आफ्नो क्लस्टरअन्तर्गतका समस्या, चुनौती तथा समाधानका उपायहरू प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रमलाई सुशासन प्रवर्द्धन, उत्तरदायित्व अभिवृद्धि तथा जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...