स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

२ वैशाख, काठमाडौं — आज नेपालसहित विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षदेखि यो दिवस औपचारिक रूपमा सुरु गरिएको हो।

संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले प्रस्तुत गरेको प्रस्ताव गत फागुन २६ गते महासभाबाट अनुमोदन भएपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो।

यो दिवसको मुख्य उद्देश्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु, रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनु तथा स्वस्थ जीवनशैली र निवारणमुखी स्वास्थ्य प्रणालीलाई प्रवर्द्धन गर्नु हो।

संयुक्त राष्ट्रसंघले परम्परागत ज्ञान, आदिवासी तथा स्थानीय समुदायका स्वास्थ्य अभ्यासहरूलाई समेत सम्मान गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन योगदान पुर्‍याउने उल्लेख गरेको छ।

यस अवसरमा विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण तथा सचेतना अभियानहरू सञ्चालन भइरहेका छन्। विश्वभर स्वास्थ्य, खुशी र समग्र कल्याणलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय खुशी दिवस, अन्तर्राष्ट्रिय योग दिवस र विश्व ध्यान दिवसजस्ता अभियानहरूले पनि आरोग्य प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको बताइएको छ।

दिगो विकास लक्ष्यअनुसार सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्नु प्रमुख प्राथमिकता हो। मातृ तथा शिशु स्वास्थ्य सुधार, सरुवा तथा नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु यस लक्ष्यका मुख्य उद्देश्यहरू हुन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...