पूर्वमन्त्री दीपक खड्काको फाइल अख्तियारमा पठाइयो, थप अनुसन्धान अघि बढ्ने

काठमाडौं — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्कासम्बन्धी अनुसन्धान फाइल प्रारम्भिक प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ।

विभागले सोमबार खड्काविरुद्ध संकलित प्रमाणहरू अख्तियारलाई बुझाएको हो। खड्का हाल सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका छन्। उनलाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो।

यसअघि विभागले म्याद लिएर उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर, हाल प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित मूल कसुरको अनुसन्धान भइरहेको निकायमार्फत नै मुद्दा अघि बढाउनुपर्ने भएकाले फाइल अख्तियारमा पठाइएको बताइएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ टंगालस्थित अख्तियारको कार्यालय पुगेर प्रमुख आयुक्त प्रेम राईसँग भेट गरेका छन्। भेटमा खड्काको अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको एक उच्च अधिकृतले जानकारी दिएका छन्।

विभागका अधिकारीहरूका अनुसार अख्तियारले भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान अघि बढाएपछि प्रमाणको आधारमा सम्पत्ति शुद्धीकरणको पक्ष पनि थप विस्तृत रूपमा अनुसन्धान गर्न सकिने व्यवस्था छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन संशोधनपछि विभागको प्रत्यक्ष अनुसन्धान अधिकार केही सीमित भएको जनाइएको छ। अब अधिकांश मुद्दा सम्बन्धित मूल कसुरको अनुसन्धान निकायबाटै अघि बढ्ने प्रावधान छ।

खड्का यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा खानेपानी राज्यमन्त्री भइसकेका थिए। उनी दुई पटक सांसदसमेत निर्वाचित भएका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...