
काठमाडौं — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल का निजी निवास तथा हिमालयन रि-इन्स्योरेन्स कम्पनी को कार्यालयमा छापा मारेको छ।
विभागले मंगलबार उनीहरूको घर तथा कार्यालयमा एकैसाथ छापा मार्दै अनुसन्धानका लागि आवश्यक महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको जनाएको छ। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानलाई थप सुदृढ बनाउन कागजात संकलन गरिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा रहेका छन्। विभागले उनीहरूविरुद्धको अनुसन्धान प्रक्रिया अझै जारी रहेको र थप प्रमाण संकलन भइरहेको जानकारी दिएको छ।
विभागका एक अधिकारीका अनुसार छापामार कारबाही अनुसन्धानकै एक हिस्सा भएकाले थप विवरण सार्वजनिक गरिएको छैन।