लिपुलेकसम्म सडक विस्तार गर्दै भारत, मानसरोवर यात्रामा नेपालको मार्ग विस्थापित हुने संकेत

काठमाडौं । भारतले लिपुलेकसम्म सडक विस्तारलाई तीव्रता दिँदै मानसरोवर यात्राका लागि नेपालको मार्ग प्रयोग नगर्ने तयारी अघि बढाएको छ।

सोमबार भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनमा आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री Narendra Modi ले दिल्ली–देहरादून एक्सप्रेसवे उद्घाटन गरेका थिए। करिब १२ हजार करोड भारतीय रुपैयाँ लागतको उक्त परियोजनाको उद्घाटन समारोहमा भारतीय सडक परिवहन तथा राजमार्गमन्त्री Nitin Gadkari ले महत्वपूर्ण धारणा व्यक्त गरे।

उनले भारत सरकारले मानसरोवरसम्म सिधा सडक पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको बताउँदै अब भारतीय पर्यटकले नेपाल हुँदै यात्रा गर्नुपर्ने बाध्यता हट्ने उल्लेख गरे।

‘मानसरोवरप्रति हाम्रो गहिरो आस्था छ,’ मन्त्री गडकरीले भने, ‘हाल नेपाल हुँदै यात्रा गर्नुपर्ने अवस्था छ, तर अब त्यो आवश्यक नपर्ने गरी पूर्वाधार निर्माण भइरहेको छ।’

उनका अनुसार करिब ५ हजार २०० करोड रुपैयाँ लागतमा टनकपुर–पिथौरागढ हुँदै लिपुलेकसम्म सडक निर्माण भइरहेको छ। कुल ३७० किलोमिटरमध्ये करिब २०० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने बाँकी १२९ किलोमिटर खण्डमा केही प्राविधिक समस्या देखिएको छ। ती समस्या समाधान गरी आगामी वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भारतले नेपाली भूभाग मानिने लिपुलेक क्षेत्रमा सडक निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। यस मार्गलाई मानसरोवर जोड्ने रणनीतिक मार्गका रूपमा विकास गरिँदैछ।

हालसम्म भारतीय पर्यटकहरू प्रायः नेपालको कर्णाली प्रदेश हुँदै मानसरोवर जाने गरेका छन्। तर भारतको यो पहलले भविष्यमा नेपालको मार्ग प्रयोग घट्ने संकेत देखिएको छ।

 

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...