थाहा नगरपालिकामा भव्य रूपमा आरोग्य दिवस सम्पन्न

थाहा नगरपालिकाले आज एक विशेष समारोहका बीच आरोग्य दिवस भव्य रूपमा मनाएको छ। समग्र स्वास्थ्य, सुख, सन्तुलित जीवनशैली र सचेत समाज निर्माण गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा नगर क्षेत्रभरका सर्वसाधारणदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्रद्धेय गुरुदेव रमेश नेपाल, उपमेयर भरत गोपाली, नगरप्रमुख विष्णुबहादुर बिष्ट , राजु हुमागाई ज्यु लगायत विभिन्न राजनीतिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै, स्थानीय जनसमुदाय, युवा वर्ग, स्वास्थ्यकर्मी तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले आरोग्य दिवसले स्वस्थ जीवनशैलीको महत्वलाई अझ सशक्त रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले दैनिक जीवनमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै समुदायस्तरमै स्वास्थ्य चेतना फैलाउन यस्ता कार्यक्रमहरू उपयोगी हुने धारणा व्यक्त गरे।

उल्लेखनीय छ, संयुक्त राष्ट्रसंघको महासभाले नेपालद्वारा प्रस्तुत प्रस्तावलाई अनुमोदन गर्दै अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। गत फागुन २६ गते उक्त प्रस्ताव पारित भएपछि अबदेखि प्रत्येक वर्ष विश्वभर आरोग्य दिवस मनाइने भएको छ। यस दिवसले मानव स्वास्थ्य, सुख र समग्र जीवनस्तर सुधार गर्ने विश्वव्यापी अभियानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

थाहा नगरपालिकामा सम्पन्न आजको कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै आरोग्ययुक्त समाज निर्माणतर्फ महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...