नेपालमा सक्रिय सुन चोरी गिरोहका चार पाकिस्तानी पक्राउ

काठमाडौं । नेपालका विभिन्न जिल्लामा सुन चोरीमा संलग्न रहेको आरोपमा दुई महिला र दुई पुरुषसहित चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार वैशाख १ गते चन्द्रौटाबाट दुई महिला र वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दुई पुरुष पक्राउ परेका हुन्।

विमानस्थलबाट पक्राउ पर्नेहरू २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफर रहमान हुन्। उनीहरूबाट १७,१३६ अमेरिकी डलर, साउदी रियाल ३२५, बंगलादेशी टाका १,६१५, युएई दिराम ५ र मलेसियाली रिंगेट १८५ बरामद गरिएको छ। साथै एक/एक थान इन्फिनिक्स र आइफोन १६ मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।

यसअघि चैत १ गते कपिलवस्तुको चन्द्रौटास्थित सुन पसलमा चोरी गरेको आरोपमा २० वर्षीया बिबी कसलुम र ४१ वर्षीया सबाना पक्राउ परेका थिए। उनीहरूले गहना किन्ने बहानामा पसल प्रवेश गरी सुन चोरी गर्ने गरेको सिसिटिभी फुटेजमा देखिएको थियो। चोरीपछि पहिचान लुकाउन मास्कमाथि बुर्का प्रयोग गर्ने गरेकोसमेत खुलेको छ।

प्रहरीले उनीहरूबाट ३८ लालको सुनका झुम्का, नगद ८६ हजार ४० रुपैयाँ, पाकिस्तानी मुद्रा र पासपोर्ट बरामद गरेको छ। साथै उनीहरूले बागेश्वरी र सच्चिदानन्द ज्वेलर्सबाट समेत सुन चोरी गरेको स्वीकार गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त गिरोहले इटहरी, मोरङ र बुटवलमा समेत सुन चोरी गरेको देखिएको छ। पक्राउ परेका चारै जनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...