अमेरिकामा चर्चित गायक हत्या आशंकामा पक्राउ

काठमाडौँ । अमेरिकाको लस एन्जलस बाट एक चर्चित गायक हत्या आशंकामा पक्राउ परेका छन्। प्रहरीले स्टेज नाम ‘डिफोरभिड’ बाट चिनिने डेभिड एन्थोनी बर्क लाई बिहीबार साँझ करिब ४:३० बजे हलिउड क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेज को शव गायककै टेस्ला कारभित्र सडेको अवस्थामा फेला परेको थियो। उक्त सवारीसाधन ‘हलिउड टो’ नामक स्थानमा सेप्टेम्बर ८, २०२५ देखि पार्किङ गरिएको अवस्थामा थियो। दुर्गन्ध आएपछि स्थानीयले जानकारी गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

सेलेस्टे सन् २०२४ मा इन्ल्यान्ड एम्पायर क्षेत्र बाट हराएकी थिइन्। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी थिएन। शव फेला पर्नु एक दिनअघि मात्र उनको १५औँ जन्मदिन परेको थियो।

प्रहरीले बर्कलाई हाल बिना जमानत हिरासतमा राखेको जनाएको छ। यो मुद्दा सोमबार लस एन्जलस काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालय मा पेश गरिने तयारी छ।

उनका कानुन व्यवसायीहरूले भने बर्कमाथि औपचारिक आरोप अझै नलागेको दाबी गर्दै उनी निर्दोष रहेको र त्यसको प्रमाण प्रस्तुत गर्ने बताएका छन्। हालसम्म मृतक किशोरीको परिवारसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको जनाइएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...