
काठमाडौँ । विवादित व्यक्तिसँग सेयरमा हिस्सेदारी गरेको आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाह ले गृहमन्त्री सुधन गुरुङ सँग लिखित स्पष्टीकरण मागेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान स्पष्टीकरण बुझाउन निर्देशन दिइएको थियो, जसअनुसार गृहमन्त्री गुरुङले आफ्नो लिखित जवाफ बुझाइसकेका छन्।
सेयर खरिदसम्बन्धी विवरण सम्पत्ति विवरणमा नदेखिएको लगायत विषय उठेपछि उनको राजीनामा मागिँदै आएको थियो। यसैबीच, गृहमन्त्रीले आफूले ऋण लिएर सेयर खरिद गरेको स्पष्टिकरण दिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ भने गृहमन्त्रीको सचिवालयले पनि लिखित स्पष्टीकरण बुझाइसकेको पुष्टि गरेको छ।