इरान–अमेरिका तनाव चर्किँदै : ‘ट्रिगरमा हात’ भन्दै तेहरानको कडा सन्देश

तेहरान । इरान सरकारले अमेरिका सँगको सम्भावित वार्तालाई लिएर कडा र स्पष्ट सन्देश दिएको छ। सरकारी प्रवक्ता फातिमा मोहजेरानी ले इरानको “हात ट्रिगरमा रहने” भन्दै देशको सुरक्षा बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएकी छन्।

सरकारी समाचार एजेन्सी IRNA लाई दिएको अन्तर्वार्तामा उनले इरानसँग दुई विकल्प रहेको उल्लेख गरिन्—एक युद्धको रणनीति र अर्को कूटनीतिको बाटो। उनले इरानको वार्ता टोलीले राष्ट्रिय हितमा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारिन्। इस्लामाबादमा प्रस्तावित दोस्रो चरणको वार्तामा सहभागी हुने विषयमा भने उनले कुनै ठोस धारणा सार्वजनिक गरिनन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग वार्ता अपरिहार्य रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यम CNBC सँगको अन्तर्वार्तामा उनले वार्ता सफल हुने आशा व्यक्त गर्दै असफल भए “गम्भीर परिणाम” आउन सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग “एउटै विकल्प वार्ता मात्र” रहेको पनि दोहोर्‍याए।

यसैबीच, इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाही ले कुनै पनि वाचा उल्लङ्घन भए कडा जवाफ दिइने चेतावनी दिएका छन्। उनले अमेरिकी पक्षमाथि “भ्रामक र झूटा अभिव्यक्ति” दिने आरोप लगाउँदै इरानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको बताए।

हाल अमेरिका–इरानबीचको युद्धविराम केही घण्टामै सकिँदैछ। यस्तो संवेदनशील अवस्थामा पाकिस्तानमा दोस्रो चरणको वार्ताको तयारी भइरहेको भए पनि इरानले आफ्नो औपचारिक सहभागिता अझै घोषणा गरेको छैन।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...