
काठमाडौं । गृहमन्त्री Sudhan Gurung ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री Balen Shah समक्ष राजीनामा बुझाएका हुन्।
बिचौलियासँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेपछि गुरुङले पद छाड्न बाध्य भएका हुन्। उक्त विषयमा सत्तारुढ दलभित्रै तथा विपक्षी दलहरूबाट उनको बर्खास्ती वा राजीनामाको माग बढ्दै गएको थियो।
गत १३ चैतमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका गुरुङ सुरुदेखि नै विवादमा तानिएका थिए। आरोपहरूबारे उनले निरन्तर अस्वीकार गर्दै आएका थिए।
तर, छानबिन प्रक्रियालाई सहयोग पुर्याउने भन्दै उनले अन्ततः राजीनामा दिएको बताएका छन्। उनले आफूमाथि लागेका आरोपहरू निराधार रहेको दाबी समेत दोहोर्याएका छन्।