सुकुमबासी बस्ती हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति, सरकारलाई ‘निरंकुश’को आरोप

काठमाडौं । हर्क साम्पाङ ले सरकारले विभिन्न स्थानमा सुकुमबासी बस्ती हटाउने कार्य गरिरहेको भन्दै आपत्ति जनाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले विज्ञप्ति जारी गर्दै यस्तो कदम संविधानविपरीत भएको उल्लेख गरेका छन्।

उनका अनुसार बासस्थानसम्बन्धी अधिकार सुनिश्चित गरिएको संविधानको धारा ३७(१) विपरीत सरकारले घर भत्काउने कार्य गरिरहेको छ। साथै, नागरिकलाई जबर्जस्ती बेघर बनाउने, दुर्व्यवहार गर्ने र सुरक्षाकर्मीमार्फत डर–त्रास सिर्जना गर्ने गतिविधि संविधानको धारा १६(१) सँग पनि बाझिने उनको दाबी छ।

अध्यक्ष साम्पाङले यस्ता गतिविधिले सरकारको निरंकुश चरित्र उजागर गरेको र लोकतान्त्रिक मूल्य–मान्यतामा आघात पुगेको बताएका छन्। उनले दशकौँदेखि बसोबास गर्दै आएका बस्तीहरू राज्यकै जानकारी र सहमतिमा विस्तार भएको हुन सक्ने तर्क पनि अघि सारेका छन्।

सार्वजनिक जग्गा खाली गराउने क्रममा प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र व्यवस्थित पुनर्बास सुनिश्चित गरेर मात्रै अघि बढ्न सरकारलाई उनले सुझाव दिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...