कान्तिपुर मिडिया ग्रुपमा नेतृत्व संकट, प्रवन्ध निर्देशक सम्भव सिरोहियाले दिए राजीनामा

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुप (केएमजी) भित्र पत्रकारिताको शैली र सम्पादकीय दिशालाई लिएर उत्पन्न आन्तरिक मतभेद चुलिँदै जाँदा प्रवन्ध निर्देशक सम्भव सिरोहियाले पदबाट राजीनामा दिएका छन्।

सिरोहियाले बिहीबार दिएको राजीनामामा पछिल्लो समय संस्थाले अपनाएको रिपोर्टिङ शैलीप्रति असहमति जनाउँदै आफूले विश्वास नगरेको पत्रकारिताको अभ्याससँग जोडिएर नेतृत्वमा रहन नसक्ने स्पष्ट पारेका छन्। विशेषगरी गृहमन्त्री सुदन गुरुङसम्बन्धी समाचारको प्रस्तुति र सम्पादन शैलीप्रति उनले असन्तुष्टि व्यक्त गरेको उल्लेख छ।

उनले केही समाचारहरूलाई सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको दाबी गर्दै यसले संस्थाको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने जोखिम रहेको बताएका छन्। साथै, प्रमाणित नभएका विषयलाई प्राथमिकतामा राख्दा सरकारमाथि अनावश्यक दबाब सिर्जना हुन सक्ने उनको टिप्पणी छ।

यता, कान्तिपुर पक्षले भने अनुसन्धानकारी निकायबाट प्राप्त सूचनाका आधारमा सार्वजनिक सरोकारका विषय उजागर गरिएको दाबी गर्दै आएको छ।

राजीनामाभन्दा केही घण्टा अघि सिरोहियाले सामाजिक सञ्जालमार्फत कान्तिपुर टेलिभिजनका सामग्रीबारे टिप्पणी गर्दै “यो पत्रकारिताभन्दा उद्देश्यपूर्ण अभियानजस्तो देखिन्छ” भन्ने अभिव्यक्ति दिएका थिए।

उनले आफ्नो कार्यकालमा संस्था घाटाबाट नाफातर्फ उन्मुख भएको दाबी गर्दै सहकर्मीहरूको योगदानप्रति आभार व्यक्त गरेका छन्।

यस घटनाले नेपालको ठूला मिडिया हाउसहरूमा सम्पादकीय स्वतन्त्रता र व्यवस्थापनबीचको सम्बन्धबारे नयाँ बहस सुरु गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...