किस्पाङ प्राविधिक शिक्षालय: सातै प्रदेशका विद्यार्थीको आकर्षण, शैक्षिक गन्तव्य बन्दै

नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक क्षेत्रमा नयाँ गन्तव्यका रूपमा उदाउँदै गएको छ। गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन लिएर सञ्चालन गरेको प्राविधिक शिक्षालयमा पछिल्लो तीन वर्षदेखि देशभरका विद्यार्थीको उल्लेखनीय आकर्षण देखिएको छ।

पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी यहाँ प्राविधिक शिक्षा लिन आउने गरेका छन्। गाउँपालिकाले सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी कोर्स मात्र रु १ लाख ९५ हजार शुल्कमा उपलब्ध गराएपछि यो शिक्षालय सुलभ र आकर्षक शैक्षिक गन्तव्य बनेको हो।

किस्पाङ–३ काहुलेमा २०८० सालमा स्थापना भएको यस शिक्षालयले पहिलो ब्याचमा फार्मेसी मात्र सञ्चालन गरेको थियो भने हाल दोस्रो र तेस्रो ब्याचमा सामान्य चिकित्सा र फार्मेसी दुवै विषयमा पूर्ण कोटा भर्ना भएको छ।

देशभरका विद्यार्थीको सहभागिता

शिक्षालयमा हाल सातै प्रदेशका विद्यार्थी अध्ययनरत छन्। कुल ३१ जिल्लाबाट आएका विद्यार्थीको उपस्थितिले यसलाई देशकै बहुप्रादेशिक शिक्षालयमध्ये एक विशेष संस्थाका रूपमा स्थापित गरेको छ। गृह जिल्ला नुवाकोटका करिब ३० प्रतिशत विद्यार्थी भए पनि बाँकी विद्यार्थी अन्य जिल्लाबाट आएका छन्।

विद्यार्थीहरू होस्टेलमा बसेर अध्ययन गर्छन् भने केहीले बाहिर डेरा लिएर पढिरहेका छन्। विभिन्न जिल्लाका विद्यार्थीबीचको सहअस्तित्वले यहाँको वातावरणलाई सांस्कृतिक र शैक्षिक दुवै रूपमा समृद्ध बनाएको छ।

व्यवहारिक शिक्षा र प्रयोगात्मक अभ्यास

शिक्षालयका विद्यार्थीहरू स्वास्थ्य सहायक (एचए) र फार्मेसी अध्ययनसँगै प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पताल तथा औषधि कम्पनीमा खटिने गरेका छन्। विद्यार्थीहरूले त्रिशूली अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा प्रत्यक्ष अनुभव लिइरहेका छन्।

सुविधासम्पन्न शिक्षालय र पूर्वाधार विकास

शिक्षालय प्रमुखका अनुसार यहाँ आधुनिक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर सुविधा तथा पर्याप्त शैक्षिक सामग्री उपलब्ध छन्। साथै, सरकारले पूर्वाधार विकासका लागि निरन्तर बजेट विनियोजन गर्दै भवन निर्माण र विस्तारको काम अघि बढाइरहेको छ।

शिक्षालयमा पूर्णकालीन तथा अल्पकालीन गरी दक्ष शिक्षकहरूबाट अध्यापन भइरहेको छ।

शैक्षिक पर्यटनको नयाँ केन्द्र

गाउँपालिकाका जनप्रतिनिधिहरूका अनुसार किस्पाङ शिक्षालय केवल शैक्षिक संस्था मात्र नभई शैक्षिक पर्यटनको केन्द्र पनि बन्दै गएको छ। विभिन्न जिल्लाबाट आएका विद्यार्थीको उपस्थिति, सांस्कृतिक आदान–प्रदान र सामुदायिक वातावरणले यसलाई विशेष बनाएको छ।

गाउँपालिकाले यस शिक्षालयलाई भविष्यमा नमुना शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...