अन्तरजातीय प्रेमविवाह प्रकरणपछि प्रहरी हिरासतमा मृत्यु: सांसदहरूको अनिश्चितकालीन धर्ना, छानबिनको माग तीव्र

सिन्धुलीको खुर्काेटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि घटना विवादित बनेको छ। सुनकोसी गाउँपालिका–३ का विकको शव पाँच दिनदेखि अस्पतालमै रहेको छ।

खोटाङकी एक बालिकासँग भएको अन्तरजातीय प्रेमविवाहपछि बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। काठमाडौँबाट पक्राउ गरी सिन्धुली ल्याइएका विक वैशाख ७ गते साँझ हिरासतको भेन्टिलेटरमा सर्टको पासो लगाई आत्महत्याको प्रयास गरेको दाबी प्रहरीले गरेको छ। तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले आत्महत्या भएको दाबी गर्दै शव बुझ्न आग्रह गरे पनि मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै कडा विरोध जनाएका छन्। मृतककी आमा बिन्दामाया विकले छोरा आत्महत्या नगरेको दाबी गर्दै प्रहरी हिरासतभित्र कुटपिट गरेर हत्या गरिएको आरोप लगाएकी छन्।

उनका अनुसार सर्टको कपडाले झुन्डिएर मृत्यु सम्भव नहुने भन्दै घटनालाई ढाकछोप गरिएको आरोप छ। साथै, घटनाबारे जानकारी नदिएको र मुद्दा गलत रूपमा जबरजस्ती करणीमा रूपान्तरण गरिएको पनि परिवारको आरोप छ।

सांसदहरूको अनिश्चितकालीन धर्ना

घटनालाई लिएर दलित समुदायका सांसदहरूले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन्। सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेललगायत सांसदहरू धर्नामा सहभागी छन्।

उनीहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखदेखि इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरसम्मलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्। साथै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि उठाइएको छ।

सांसद सुनारले सामाजिक सञ्जालमार्फत घटना गम्भीर भएको भन्दै सत्यतथ्य नखुलेसम्म धर्ना जारी रहने बताएका छन्।

प्रहरीको दाबी र छानबिन प्रक्रिया

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने हिरासतमा आत्महत्याको प्रयासपछि तत्काल अस्पताल पुर्‍याइएको र त्यही क्रममा मृत्यु भएको स्पष्ट पारेको छ। प्रहरीका अनुसार घटनाबारे गलत सूचना फैलाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीडित परिवार, राजनीतिक दल र सरोकारवाला निकायसहित छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ।

न्याय माग गर्दै परिवारको अडान

मृतकका परिवारले सत्यतथ्य नखुलेसम्म शव नबुझ्ने अडान लिएका छन्। घटनाले स्थानीयदेखि राष्ट्रिय तहसम्म जातीय विभेद, प्रहरी व्यवहार र न्याय प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...