रुसको तेल प्रशोधन केन्द्रमा आक्रमणपछि ‘विषाक्त वर्षा’, स्थानीयलाई सतर्क रहन निर्देशन

JPG converted with https://ezgif.com/webp-to-jpg

मस्को/किएभ — युक्रेनद्वारा गरिएको आक्रमणपछि रुसको दक्षिणी तटीय शहर तुआप्सेस्थित तेल प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा वातावरणमा विषाक्त कण फैलिएको र ‘विषाक्त वर्षा’ जस्तो अवस्था सिर्जना भएको जनाइएको छ।

रूसी अधिकारीका अनुसार सोमबार भएको आक्रमणपछि केन्द्रका चारवटा भण्डारण ट्याङ्कीमा आगलागी भएको हो, जसलाई नियन्त्रणमा लिन अझै प्रयास जारी छ। आगलागीबाट निस्किएको बाक्लो कालो धुवाँले आकाश ढाकिँदा वायु प्रदूषणको स्तर सामान्यभन्दा दुईदेखि तीन गुणासम्म बढेको बताइएको छ।

स्थानीय प्रशासनले बुधबार बासिन्दालाई घरभित्रै बस्न, झ्याल ढोका बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। बाहिर निस्कनै परे मास्क प्रयोग गर्न पनि निर्देशन दिइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिर तथा भिडियोहरूमा समुद्र र किनार क्षेत्रमा तेलजस्तो पदार्थ फैलिएको, मरेका माछा तथा चराचुरुङ्गी देखिएको र सवारी साधन तथा जनावरहरू कालो अवशेषले ढाकिएको देखिन्छ। यद्यपि ती सामग्रीको स्वतन्त्र पुष्टि भने भएको छैन।

हालका हप्ताहरूमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको छ। विश्लेषकहरूका अनुसार यसले रुसको ऊर्जा निर्यातबाट हुने आम्दानीमा असर पार्ने र युद्धका लागि आवश्यक स्रोत कमजोर पार्ने उद्देश्य राखिएको छ।

तुआप्से सहर यसअघि पनि यस्ता आक्रमणको निशानामा पर्दै आएको र पर्यटकका लागि लोकप्रिय गन्तव्यसमेत रहेको क्षेत्र हो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...