दक्षिण–पूर्वी एसियाबाट ६१२ नेपालीको उद्दार, पश्चिमी एसियामा सुरक्षा चासो कायमै

काठमाडौं : परराष्ट्र मन्त्रालय ले पश्चिमी एसियामा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार अत्यन्त संवेदनशील रहेको जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले उक्त क्षेत्रको अवस्थालाई नेपालले नजिकबाट अनुगमन गरिरहेको र नेपालीहरूको सुरक्षाका लागि आवश्यक पहल जारी रहेको जानकारी दिए। उनका अनुसार पश्चिमी एसियामा ठूलो संख्यामा रहेका नेपालीहरूको संरक्षणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको छ।

तेहरानमा रहेका १० नेपालीमध्ये २ जना स्वदेश फर्किने तयारीमा रहेको र बाँकी ८ जनाले तत्काल फर्कन इच्छा नदेखाएको उनले बताए। द्वन्द्व सुरु हुनु अघि इरान मा पक्राउ परेका अमृत झा संलग्न पानीजहाज मुद्दामा स्थानीय अदालतबाट एक चरणको फैसला भइसकेको छ, जसअनुसार ४ जना रिहा भइसकेका छन् भने झासहित अन्यको रिहाइ प्रक्रिया अघि बढिरहेको जनाइएको छ।

यद्यपि, इरानको वर्तमान जटिल अवस्था र त्यहाँको न्यायिक प्रक्रियाका कारण मुद्दा टुंगिन अझ केही समय लाग्न सक्ने मन्त्रालयले जनाएको छ।

यसैबीच कम्बोडिया मा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ९ नेपाली पक्राउ परेका छन्। साथै थाइल्याण्ड र म्यानमार स्थित नेपाली नियोगहरूको पहलमा हालसम्म दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूबाट ६१२ नेपालीको सफल उद्दार गरिएको मन्त्रालयले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...